Online :

Next : suchana

समाचार

एसियन कप फुटबल छनौटमा नेपालले आज यमनसँग खेल्ने

काठमाडौं, जेठ ३० । एसियन कप फुटबल छनौट अन्तर्गतको दोस्रो खेलमा आज नेपालले यमनको सामना गर्दैछ ।

प्रतियोगिताको पहिलो खेलमा फिलिपिन्ससँग उसकै मैदानमा ४-१ ले पराजित भएको नेपालले घरेलु मैदानमा कम्तिमा नहार्ने लक्ष्य लिएको छ ।

नेपालभन्दा बलियो टोली यमनसँगको खेल सशस्त्र प्रहरी बलको खेल मैदान हलचोकमा दिउँसो ३ बजे सुरु हुनेछ ।

जारी एसियन कप छनोटमा नेपाल पहिलो जितको खोजीमा छ । यमनले भने पहिलो खेलमा ताजकिस्तानलाई २–१ ले हराएको थियो ।

बिश्व फुटबल महासंघ फिफाको बरियता क्रममा नेपाल १६९ औं स्थानमा रहँदा यमन १२४ औं स्थानमा छ ।

  • घुम ओढेर भोट हाल्नुस “ सांसद गोकर्ण विष्ट”

    गुल्मी असार ७ नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले १४ असारमा पानी परेपनि छाता र घुम ओढेर मतदान गर्न सवै कार्यक्रताहरुलाई आग्रह गरेका छन् । उनले १४ असार मध्ये बर्खा भएकाले धेरै किसान मतदानमा सहभागी

  • एक दिनको काम लागि सदरमुकाममै धेरै दिन बिताउँछन् गुल्मेली

    गुल्मी असार ७ चुनावी चहलपहल बढेसँगै ग्रामिण भेगहरुमा यात्रुहरुलाईसदरमुकाम तम्घास आवतजावत गर्न निकै सास्ती परेको छ । सदरमुकाम तम्घास भएर ग्रामिण भेगमा छुट्ने सवारी साधनहरु नपाउँदा यात्रुहरुलाई समस्या भएको हो

रेडियो प्रोस्तोता

More

फेसबूक