Online :

Next : suchana

समाचार

बन्दले तराईका जिल्लाहरु प्रभावित, राप्ती बन्दले प्यूठान ठप्प

वीरगन्ज, प्यूठान, जेठ ३० । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आह्वान गरेको बन्दले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण मध्य पूर्वका आठ जिल्लाहरु ठप्प छन् । बन्दको प्रभाव धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहटलगायतका जिल्लामा परेका छन् ।

यि जिल्लाहरुको मुख्य बजार संचालनमा आउन सकेका छैनन् भने यातायातका साधन समेत चल्न सकेका छैनन् ।

संविधान बिथोल्ने गरि चरणवद्ध आन्दोलनको घोषणा गरेको राजपा नेपालले आजदेखि असार २ गतेसम्म मधेस, थरुहट र लिम्बुवानले बन्दको आह्वान गरेको हो ।

यता, आफ्ना कार्यकर्ता पक्राउको विरोधमा नेत्र विक्रमचन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको राप्ती अञ्चल बन्दले प्यूठानको जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण यातायात, शैक्षिक संस्था, उद्योग धन्दा, कलकारखाना ठप्प छन् ।

गत २४ गते माण्डवी गाउँपालिका कुमालटारमा बैठक बस्ने तयारीमा रहेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता प्रहरीले गिरफ्तार गरेको विरोध गर्दै राप्ती बन्दको आवहान गरिएको हो ।

  • घुम ओढेर भोट हाल्नुस “ सांसद गोकर्ण विष्ट”

    गुल्मी असार ७ नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले १४ असारमा पानी परेपनि छाता र घुम ओढेर मतदान गर्न सवै कार्यक्रताहरुलाई आग्रह गरेका छन् । उनले १४ असार मध्ये बर्खा भएकाले धेरै किसान मतदानमा सहभागी

  • एक दिनको काम लागि सदरमुकाममै धेरै दिन बिताउँछन् गुल्मेली

    गुल्मी असार ७ चुनावी चहलपहल बढेसँगै ग्रामिण भेगहरुमा यात्रुहरुलाईसदरमुकाम तम्घास आवतजावत गर्न निकै सास्ती परेको छ । सदरमुकाम तम्घास भएर ग्रामिण भेगमा छुट्ने सवारी साधनहरु नपाउँदा यात्रुहरुलाई समस्या भएको हो

रेडियो प्रोस्तोता

More

फेसबूक