Online :

Next : suchana

समाचार

गुल्मीमा राजनैतिक दलहरु घरदैलो कार्यक्रममा व्यस्त,घरमा मतदाता भेट्टाउनै ग्राह्रो


गुल्मी जेष्ठ २८ दोश्रो चरणको स्थानीय निर्वाचनको मिति नजिकिदै जाँदा विभिन्न दलका नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त देखिन थालेका छन् । कुल १ लाख ८० हजार ७ सय पचहत्तर मतदाता संख्या रहेको गुल्मीमा २ नगरपालिका र १० गाउँपालिका रहेका छन् । भने एका तर्फ प्रमुख ठुला दल नेपाली कंग्रेस,नेकपा एमाले तथा माओवादी केन्द्र आ–आफ्नो चुनावी अभियानका साथ घरदैलो अभियान गरिरहेका छन् ।

यता स्थानीय तहको निर्वाचन नजिकिदैँ जाँदा कृषक वर्ग भने खेत बारीमै व्यस्त देखिएका छन् । चुनावप्रसारका लागि भोट माग्न मतदाताको घरमै पुग्दा समेत नभेटिएको नेताहरुको गुनासो छ । मानोरोपी मुरी फलाउने यो समयमा नेताहरुसँग भेटघाट भन्दा पनी खेति किसानमै आफुहरु व्यस्त रहेको किसानहरु बताउँछन् ।

यतिबेला मालिका गाउँपालिका तथा आसपासका क्षेत्रहरुमा धानको विउ राख्ने मकै खन्ने खेतको बाझो मार्ने जस्ता महत्वपुर्ण काममा धमाधम भइरहेकाले उक्त स्थानका कृषकहरु खेति किसानीमै वस्ता भएका हुन् । वर्षा शुरु भए धान राप्ने समेत तयारी भएको उनीहरुको भनाई रहेको छ । यता मतदाता शिक्षा दिदै हिडेका मतदाता शिक्षा कार्यकर्ताहरु पनी मतदाताहरुको घरमा पटकपटक पुग्दा पनि भेटाउन नसक्ने गुनासो गरेका छन् ।


साथै मतदाताको घरमै पुगेको प्रमाण निर्वाचन कार्यलयलाई बुझाउनु पर्ने भएकाले पनी पटकपटक मतदातको घरमा पुग्ने गरेको उनीहरुको भनाई रहेको छ । उच्च पहाडी क्षेत्रका किसानहरु वर्षादकै प्रतिक्षामा रहेका छन् । साथै धान रोपेपछि मात्र चुनावी प्रचारप्रसारमा लाग्ने कृषकको भनाई छ । किसानका लागि चुनावी चहल पहल भन्दा पनि किसानीको चहलपहल बढदै गइरहेको सहकर्मी राजेन्द्र पन्थीले खबर पठाउनुभएको छ ।
 

  • घुम ओढेर भोट हाल्नुस “ सांसद गोकर्ण विष्ट”

    गुल्मी असार ७ नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले १४ असारमा पानी परेपनि छाता र घुम ओढेर मतदान गर्न सवै कार्यक्रताहरुलाई आग्रह गरेका छन् । उनले १४ असार मध्ये बर्खा भएकाले धेरै किसान मतदानमा सहभागी

  • एक दिनको काम लागि सदरमुकाममै धेरै दिन बिताउँछन् गुल्मेली

    गुल्मी असार ७ चुनावी चहलपहल बढेसँगै ग्रामिण भेगहरुमा यात्रुहरुलाईसदरमुकाम तम्घास आवतजावत गर्न निकै सास्ती परेको छ । सदरमुकाम तम्घास भएर ग्रामिण भेगमा छुट्ने सवारी साधनहरु नपाउँदा यात्रुहरुलाई समस्या भएको हो

रेडियो प्रोस्तोता

More

फेसबूक