Online :

Next : suchana

समाचार

‘न्याय नै नपाएर मर्नुपर्ने पर्दैन’ ,जिल्ला न्याधिश मरासेनी

गुल्मी जेष्ठ २७ जिल्ला न्यायधिस मातृका प्रसाद मरासेनीले कानुन उपचारनै नखोजी घरैमा बस्ने प्रवृति गलत भएको बतानुभएको छ ।  सदरमुकाम तम्घासमा बञ्चितीकरणमा पारिका समुदायको मानव अधिकार प्रर्वदन परियोजनाले दुई दिवसीय क्षमता विकास तालिममा उहाँले यस्तो बताउनुभएको हो । ‘अहिलेको अवस्थामा न्याय नै नपाएर मर्नुपर्ने पर्दैन,’ उनले भने,‘ शसक्तिरणको माध्यमबाट उनीहरुलाई उजुरी दिने अवस्था सम्म पु¥याउनुपर्छ । गाउँमा अहिले पनि थुप्रै संघसंस्था, आमा समुह, प्रहरी र अन्य सरोकारवाला निकाय भएकाले अन्यायनै सहेर घरमा बस्नु नहुनेमा मरासेनीको जोड थियो ।

त्यस्तै तालिममा जिल्ला न्यायधिस मरासेनीले नेपालको संविधान ०७२ मा भएका व्यवस्था, स्थानीय तह, नेपालमा महिला अधिकार र कानुनी व्यावस्था, लैंगिक हिंसा र मानव अधिकारको बारेमा जानकारी दिएका थिए । त्यस्तै स्वच्छ सुनुवाई र आरोपितको अधिकार, आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार र पीडितको अधिकारी र न्यायका बारेमा जिल्ला न्याधिबक्ता लक्ष्मण घिमिरेले प्रकाश पारे ।


 विकास सम्बन्धि अवधारण र सुशासनको बारेमा जिल्ला अदालतका श्रेष्तेदार दुर्गा प्रसाद बस्यालले जानकारी दिए । साथै मानव अधिकार प्रर्वद्धन समितिको काम कर्तव्य, अधिकार र योजनाको बारेमा परियोजना अधिकृत गणेश श्रेष्टले जानकारी दिएका थिए ।
जिल्ला सृजनशिल सामुदायिक विकास केन्द्र मार्फत परियोजना लागु भएको छ ।  कार्यक्रममा परियोजनाको जिल्ला तथा बस्तु, धुर्कोट रजस्थल, भनभने, वाग्ला र पिपलधारमा गठित मानव अधिकार प्रर्वद्धन समितिका पदाधिकारीको सहभागीता रहेको थियो ।

 

  • घुम ओढेर भोट हाल्नुस “ सांसद गोकर्ण विष्ट”

    गुल्मी असार ७ नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले १४ असारमा पानी परेपनि छाता र घुम ओढेर मतदान गर्न सवै कार्यक्रताहरुलाई आग्रह गरेका छन् । उनले १४ असार मध्ये बर्खा भएकाले धेरै किसान मतदानमा सहभागी

  • एक दिनको काम लागि सदरमुकाममै धेरै दिन बिताउँछन् गुल्मेली

    गुल्मी असार ७ चुनावी चहलपहल बढेसँगै ग्रामिण भेगहरुमा यात्रुहरुलाईसदरमुकाम तम्घास आवतजावत गर्न निकै सास्ती परेको छ । सदरमुकाम तम्घास भएर ग्रामिण भेगमा छुट्ने सवारी साधनहरु नपाउँदा यात्रुहरुलाई समस्या भएको हो

रेडियो प्रोस्तोता

More

फेसबूक