NEWS HEADLINES »
04:20:00 NST
Local News
रेडियो रेसुङगा , समचार शाखा २६ गुल्मी रुपाकोटको खेलकुद क्षेत्रको बिकासको लागि रुपाकोटका युवाहरुको पहलमा खेल मैदान निर्माण कार्य सुरु गरिएको छ, रुपाकोटका अगुवाहरुको उपस्थितिमा निर्माण समिति गठन गरिएको छ जसमा खिमलाल भण्डारी, सचिब राजकुमार न्यौपाने तथा कोशाध्यक्ष लक्ष्मी प्रसाद भण्डारीले र अन्य सदस्यहरू रहनु भएको छ । सोता र दमुकाको सिमानामा रहेको कालीखोला बगरमा मैदान निर्माण गर्न जग्गाको प्रयोगको लागि जिल्ला प्रशासन समितिबाट अगाडि बढाउने योजना रहेको समितिका कोशाध्यक्ष लक्ष्मी प्रसाद भण्डारीले जानकारी दिनु भएको छ । स्थानीय व्यक्तिहरुका अनुसार मैदान निर्माणले क्रिकेट, फुटबल, भलिबल, एथलेटिक्स खेल पनि संचालन गर्न सकिने र त्यस क्षेत्र वरपर योग्य मैदानको अभाब रहेकोले धेरै जना लाभान्वित हुन सक्नेछन्
नेकपा माओवादीद्धारा  भोलि  नेपाल बन्दको घोषणा , गुल्मीमा पनि बन्दलाई सफल पार्न आग्रह
समचार शाखा रेडियो रेसुङगा २६ जेठ गुल्मी ,नेकपा माओवादीले यहि जेठ २७ गते नेपाल बन्दको घोषणा गरेसँगै बन्दलाई गुल्मीमा पनि सफल पार्न आज एक प्रेस विज्ञप्ती जारी गदै आव्हान गरेको छ। गिरपm्टारमा परेका आफ्ना नेता तथा कार्यकर्ताको सरकार समक्ष रिहाईको माग गदै बन्दको आव्हान गरिएको उक्त प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।साथै नेकपा माओवादीका नेता तथा कार्यकर्तामाथि गरिएको गिरफ्टार ,रिहाई तथा झुठा मुन्द्धाको खारेजीको माग गदै जेठ २७ गते गरिएको नेपाल बन्दलाई गुल्मीमा पनि सफल पार्नका लागि जिल्ला स्थित व्यापारी , उद्योगी, शिक्षककर्मचारी ,यातयात व्यवसायी लगायत सबैलाई अनुरोध गरिएको जिल्ला सेक्ररेटरी विष्णु पन्तद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख भएको छ ।साथै बन्दको अवज्ञा गर्नेहरुलाई पहिचान गरी जुनसुकै समय ,स्थान वा मितिमा कारवाही गर्ने अधिकार जनतालाई हुने पार्टीको निर्णय समेत भएको जानकारी गराएको छ ।
एकीकृत सम्पति कर सम्बन्धी अभिमुखी करण गोष्टि सम्पन्न
समचार शाखा गुल्मी जेठ २६ । एकीकृत सम्पति कर सम्बन्धी अभिमुखी करण गोष्ठी गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिका गुल्मीको आयोजनामा सम्पन्न कार्यक्रममा एकीकृत सम्पति कर सम्बन्धी सरोकारवालाहरु संग छलफल गरिएको थियो । कार्यक्रममा संघिए मामिला तथा स्थानिय बिकास मन्त्रालयका शाखा अधिकृत तुल्सीराम मरासिनीले एकीकृत सम्पति कर सम्बन्धी करको अबस्था कसरी उठाउ सकिने बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागीहरुले एकीकृत सम्पति कर सम्बन्धी जानकारी तथा छलफल गरेका थिए । कार्यक्रम रेसुङ्गा नगरपालिका गुल्मीका कार्यकारी अधिकृत बावुराम पल्लीको अध्यक्षता सम्पन्न कार्यक्रममा स्थानिय बिकास अधिकारी डिलाराम पन्थीको प्रमुख आतिथ्यता र संघिए मामिला तथा स्थानिय बिकास मन्त्रालयका शाखा अधिकृत तुल्सीराम मरासिनीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थानिय बिभिन्न राजनितीक दलका प्रमुखहरु, उद्योग वाणिज्य संघका प्रमुख,सरकारी तथा गैरसरकारी कार्यलयमा प्रमुख,पत्रकारहरुको सहभागितामा रहेको थियो ।
पोखरा, वैशाख २२ – कास्कीको पुम्दीभुम्दीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पुम्दीभुम्दीबाट पोखराका लागि छुटेको ग १ ख ३३६९ नम्बरको बस बुधबार दुर्घटना भएको हो । दुर्घटनामा घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ । १७ जना सामान्य घाइते छन् । घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । ओरालो बाटोमा ब्रेक फेल हुँदा बस सडकको कुनामा ठोक्किएको प्रहरीले जनाएको छ ।
International News
Today's Highlights
  • KAYAKAIRAN @ 06:00HRS with
  • RESUNGA KHABAR @ 08:00HRS with
  • AAFANTA KO SANDES @ 11:15HRS with
  • CINE GALLERY @ 12:15HRS with
  • RESUNGA KHABAR @ 14:00HRS with
  • NEPAL KHABAR @ 15:00HRS with
  • RODHIGHAR @ 17:05HRS with
  • RESUNGA SEROFERO @ 18:45HRS with
Featured Program
Staff Profile