NEWS HEADLINES »
04:20:00 NST
जंगलमा लागेको आगोका कारण शहरका सबै बासिन्दा विस्थापित

वैशाख २२ – जंगलमा लागेको भीषण आगलागीका कारण क्यानडाको एक शहरको पूरै बस्ती नै अन्यत्र सारिएको छ ।जंगलमा लागेको आगोका कारण क्यानडाको फोर्ट म्याकमुर्रे शहरका झण्डै ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको हो । जंगलमा लागेको आगोको मुश्लोले म्याकमुर्रेका धेरै घर ध्वस्त पारेको छ ।

अलबेर्टा प्रान्तको यो शहरको सडक जंगलको आगोका कारण उडेको खरानीले ढाकेको छ । अलबेर्टा प्रान्तको इतिहासमा यो अहिलेसम्मकै भीषण आगलागी भएको सरकारी अधिकारीले बताएका छन् । धुवाँकाका कारण त्यहाँका बासिन्दाको जनजीवन कष्टकर बनेपछि उनीहरुलाई अन्यत्र सारिएको हो । आगलागी र धुवाँका कारण केही मानिस घाइते भएका छन् ।

जंगलमा लागेको आगो निभाउने तथा समस्यामा परेका मानिसलाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

Today's Highlights
  • KAYAKAIRAN @ 06:00HRS with
  • RESUNGA KHABAR @ 08:00HRS with
  • AAFANTA KO SANDES @ 11:15HRS with
  • CINE GALLERY @ 12:15HRS with
  • RESUNGA KHABAR @ 14:00HRS with
  • RESUNGA LOK SUSELI @ 14:15HRS with
  • NEPAL KHABAR @ 15:00HRS with
  • RODHIGHAR @ 17:05HRS with
  • RESUNGA SEROFERO @ 18:45HRS with
Featured Program
Staff Profile