हाम्रो बारेमा

लुम्विनी अञ्चलका ६ जिल्ला मध्येको एक जिल्ला गुल्मी जिल्लाको धरोहर धार्मिक, ऐतिहासिक, पर्यटकीय स्थल तथा नेपालकै उत्कृष्ट गन्तब्य स्थल रेसुङ्गाको काखमा अवस्थित जिल्ला सदरमुकाम, हालको रेसुङ्गा नगरपालिका १ मा  स्टुडियो रहेको प्रशारण कक्ष ६ कार्यालय कोठा सहितको कार्यालय भवन र  रेसुङ्गा नगरपालिका ८ स्थित २००० मिटर अग्लो अर्जुनडाँडाँमा रहेको आफ्नै टान्समिटिङ्ग स्टेशनको ४० मिटर अग्लो टावरबाट स्टुडियोबाट प्रसारण हुने कार्यक्रमहरुलाई एस. टि. एल. लिंकको  मार्फत ५०० वाट क्षमताको ट्रान्समिटरबाट आफ्नो नियमित प्रशारण गदै आएको रेडियो रेसुङ्गा एफ.एम १०६.२ मेगाहर्ज जिल्लाकै पहिलो रेडियो हो । हरेक श्रोतालाई मध्यनजर गर्दे आफ्ना नियमति कार्यक्रम प्रशारण गर्नु, निकै अग्लो स्थानमा टावर र ट्रान्समिटर रहनाले यसको प्रसारण क्षेत्र धेरै जिल्लाहरुमा रहनु र उत्कृष्ट उपकरणहरु प्रयोग हुनुले पनि यो रेडियोले आफ्नो प्रशारण क्षेत्रको धेरै स्थान ओगट्न र छिट्टै लोकप्रियता कमाउन सफल भएको छ ।

“गाउँ देखि शहर सम्म पहाड देखि तराईसम्म” “शान्ती र समानताको प्रतिक” नारा बोकेको यस रेडियाले विहान ५ बजे देखि राती ११ बजे सम्म दैनिक १८ घण्टा नियमित प्रशारण गर्दै आएको छ । गु्ल्मी, पाल्पा, अघाँखाची, कपिलबस्तु, नवलपरासी रुपन्देहि, दाङ्ग, बाग्लुङ्ग, स्याङजा, पर्वत, प्यूठान  रोल्पा, रुकुम, सल्यान जिल्ला र धधध।चबमष्यचभकगलनब।अयm।लउ ीयनयल गरी साथै मोवाइल एप्स डाउनलोड गरी विश्वको जुनसुकै ठाउँमा  समेत सजिलैसंग सुन्न सकिने स्टेसनका रुपमा लोकप्रियता कमाएको यो रेडियोेले अहिले मनोरञ्जनात्मक, ज्ञानबद्र्धक एवं सूचनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आईरहेको छ ।

 सूचना, शिक्षा, र मनोरञ्जन प्रदान गर्ने मुख्य उद्देश्य लिएको यस रेडियोले स्थानीयस्तरमा उत्पादित कार्यक्रमहरुका साथै लन्डन बाट प्रशारण हुने बीबीसी नेपाली सेवा, उज्यालो ९० नेटवर्कबाट प्रशारण हुने कायाकैरन, नेपाल खबर, नेपाल दर्पण जस्ता दैनिक समचारमुलक कार्यक्रम प्रशारण गदै आइरहेको छ । त्यस्तै इक्वेल ऐक्सेस, बीबीसी वल्र्डट्रष्ट र एण्टेना फाउण्डेशन नेपालले उत्पादन गर्ने कार्यक्रमहरु पनि प्रशारण गर्दै आएको छ । बालकदेखी वृद्धसम्मले उत्साहवद्र्धक रुपमा सुनिरहेको यस रेडियो को अहिले ३५ लाख भन्दा बढी श्रोता रहेका छन् ।

अहिलेको युग सूचना र सञ्चारको युग हो । बालबालिका, युवा र बृद्धबृद्धासम्म अहिले सूचना र सञ्चारमा रमाउन थालेका छन् । पत्रपत्रिका पढ्ने भन्दा रेडियो सुनेर मनोरञ्जन र जानकारी लिनेहरुको संख्या पनि बढ्दो छ । तत्काल हुने परिवर्तन, घटना एवं दुर्घटनाहरु सहित हरेक क्रियाकलापको बारेमा पनि जान्न पाउनु आम नागरिकको अधिकार हो त्यति मात्र होइन अहिले व्यापार व्यवसायको दुनियाँमा पनि संचारले महत्वपूर्ण योगदान दिन थालेको छ । कुनै पनि कम्पनीले उत्पादन गरेको नयाँ बस्तुहरु वा आफ्नो उत्पादन आफ्ना ग्राहक र उपभोक्तासम्म पु¥याउने महत्वपूर्ण माध्यम पनि एफ.एम. रेडियोहरु बन्न थालेका छन् । आम नागरिकको सूचनाको अधिकारको प्रत्याभुति र व्यापार व्यवसायमा गर्नुपर्ने योगदानका लागि पश्चिमाञ्चल क्षेत्रकै सशक्त रेडियोको रुपमा स्थापित भैसकेको यो रेडियोल लाखौँ स्रोताहरुको माया पाइसकेको छ ।

२१ औं शताब्दीको प्रतिस्पर्धात्मक युगमा विभिन्न सघं संस्थाहरुले उत्पादन गरेका नयाँ–नयाँ विषयबस्तुको बजार प्रबर्दन एवं पुराना बस्तुहरुको जानकारी प्रदान गरी आम उपभोक्ताहरुको छनोटको अधिकार स्थापित गर्नु र व्यवसायिक दुनियामा आर्थिक क्रान्ति ल्याउन सघाउ पु¥याउनु पनि यो रेडियोको अर्को महत्वपूर्ण उद्देश्य हो ।

सहकर्मीहरु

  • नाम :Narayan Pravat Marasini
  • ठेगाना : Resunga municipality_6,Gulmi
  • पद : News Chef
  • नाम :Anita khatri
  • ठेगाना : Gulmi tamghas
  • पद : station Manager

आजको कार्यक्रमहरु

  • Nepali Bahas 06:30 am - 07:00 am
  • Suchana 07:00 am - 07:15 am
  • Bbc Nepali Sewa (Bihani Pakha) 07:15 am - 07:30 am
  • Reaunga Shubha Bihani 07:30 am - 08:00 am
  • Resunga Khabar (local News) 08:00 am - 08:20 am
  • Ujayalo 08:20 am - 09:00 am
  • Nepal Khabar 09:00 am - 09:15 am
  • Resunga Khabar 10:00 am - 10:15 am